एसीसी यू १९ एसिया कपः नेपालको फाइनलमा खेल्ने रहर अधुरो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

एजेन्सी, १ मंसिर। एसीसी यू १९ एसिया कपको सेमिफाइनलमा अफगानिस्तनसँग सात विकेटले पराजित हुदाँ नेपालको फाइनलमा खेल्ने रहर अधुरो नै रह्यो। नेपाललाई पराजित गर्दै अफ्गानिस्तान भने फाइनलमा प्रवेश गरेको छ।

कमजोर ब्याटिङ्ग गर्दै जोडेको नेपालको १०४ रनलाई अफगानिस्तानले मात्र ३ विकेट गुमाएर २०.३ ओभरमा भेट्टाएको थियो। इम्राहिम जार्दन ३ रनमा आउट भए। नेपालका लागि कमल सिंह ऐरीले १ विकेट लिए।

मलेसियाको किनरारा ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल २८ ओभरमा एक सय तीन रनमा अलआउट भयो। खराब ब्याटिङ गरेको नेपालका लागि अनिल शाहले सर्वाधिक ५० रन जोड्दा अन्य सवै ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन्।

अब फाइनलमा अफगानिस्तानले उपाधिका लागि पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि समूह चरणको खेलमा अफगानिस्तानले पाकिस्तानलाई हराइसकेको छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);