यी हुन् विश्वकपका लागि छनोट भएका ३२ राष्ट्र (सूची सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

एजेन्सी, ३० कार्तिक। सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबल प्रतियोगितामा सहभागी हुने ३२ राष्ट्रको नाम सार्वजनिक भएको छ।

अन्तरमहादेशीय प्लेअफ अन्तर्गत न्युजिल्याण्डलाई २–० ले पराजित गरेपछि आगामी विश्वकप प्रतियोगितामा सहभागीता जनाउने ३२ राष्ट्रको नाम फाइनल भएको हो। ३२ वर्षपछि विश्वकपमा छनोट भएको पेरु रुस विश्वकपमा सहभागी हुने दक्षिण अमेरिकाको पाचौं मुलुक पनि बनेको छ ।

घरेलु मैदानमा पेरुलाई गोलरहित बराबरीमा रोकेको न्युजिल्याण्डको दोस्रो लेगमा घरेलु टोली पेरुसँग हारेपछि विश्वकप यात्रा टुंगिएको थियो। सन् १९८२ मा विश्वकप खेले यता पेरुको यो पहिलो सहभागिता हुनेछ । आयोजक रुसले स्वत विश्वकपमा स्थान बनाउँदा बाँकी ३१ राष्ट्रले छनोट चरण पार गरेर विश्वकपमा स्थान बनाए ।

चार पटकको विश्वकप उचालेको च्याम्पियन इटली छनोट हुने सकेन । विश्वकपको पूर्व च्याम्पियनमध्ये यस विश्वकपमा सहभागी हुन असफल इटली मात्र एउटा टोली हो । विश्वकप फुटबल सन् २०१८ को जुन १४ देखि जुलाई १५ सम्म रुसको विभिन्न ११ शहरका १२ वटा रंगशालामा हुँदैछ ।

यी हुन् छनोट भएका ३२ राष्ट्र

युरोप: रुस, बेल्जियम, जर्मनी, इंगल्याण्ड, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्विया, पोर्चुगल, फ्रान्स, स्वीट्जरल्याण्ड, क्रोएसिया, स्वीडेन, डेनमार्क

एसिया: इरान, जापान, दक्षिण कोरिया, साउदी अरेबिया, अष्ट्रेलिया

दक्षिण अमेरिका: ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलोम्विया, पेरु

उत्तर अमेरिका: मेक्सिको, कोस्टारिका, पनामा

अफ्रिका: नाइजेरिया, इजिप्ट, सेनेगल, मोरोक्को, ट्युनिसिया

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);