विश्वकप छनोटमा भोली जिम्बावेसँग खेल्दैछ नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

विश्वकप छनोटमा भोली जिम्बावेसँग खेल्दैछ नेपाल

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोट आइतबार देखी जिम्बावेमा सुरु हुँदैछ ।

यसै वर्षको अक्टोबर नोभेम्बरमा भारतमा आयोजना हुने विश्वकपमा स्थान बनाउन १० टोलीबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगितामा सहभागी १० टोलीमा दुई टोलीले भारतमा हुने विश्वकप खेल्न पाउनेछन् । प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा बिभाजन गरिएको छ । समूह ए मा नेपाल, नेदरल्यान्ड्स, अमेरिका, जिम्बावे र वेस्टइन्डिज र समूह बी मा श्रीलंका, आयरल्यान्ड, ओमान, युएई र स्कटल्यान्ड रहेका छन् ।

हरेक समूहबाट शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउने छन् । जसबाट सुपर सिक्समा अर्को समूहबाट आउने तीन टोलीसँग खेल्नुपर्ने छ । सुपर सिक्समा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् । पूर्व विश्व च्याम्पियन वेस्टइन्डिज र श्रीलंकालाई उपाधिका प्रमुख दाबेदार मानिएको छ । जिम्बाबे पनि घरेलु मैदानको फाइदा उठाउँदै विश्वकप खेल्न चाहन्छ ।

नेपाल, स्कटल्यान्ड र ओमान आइसीसी विश्वकप लिग टू मा शीर्ष तीनमा रहँदै विश्वकप छनोट खेलेका हुन् । अमेरिका र युएई लिग टू बाट घटुवा हुँदै विश्वकप छनोट प्लेअफमा शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा आएका हुन् । श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र जिम्बावे आइसीसी विश्वकप सुपर लिगमा पुछारमा रहँदै छनोट खेल्न लागेका हुन् । विश्वकप छनोटको लागि सबै सहभागी १० टोलीले आफ्नो अन्तिम टोली घोषणा गरिसकेका छन् ।

नेपालको टोलीमा कुशल भुर्तेल, आशिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल(कप्तान) , कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरि, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद, किशोर महतो रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);