एसीसी यू-१९ एसिया कप : समूह चरणको अन्तिम खेलमा नेपाल विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

एसीसी यू-१९ एसिया कप : समूह चरणको अन्तिम खेलमा नेपाल विजयी

काठमाडौं, २४ भदौ । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको नेपालले संयुक्त अरब इमिरेट्स युएइ विरुद्ध १६० रनको फराकिलो जित हात पारेको छ ।

सुरुवाती दुई खेल हारेर प्रतियोगिताबाट बाहिरिसकेको नेपालले युएइलाई १२५ रनमा रोकेर सान्त्वना जित हात पारेको हो । पहिले व्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २८५ रन बनायो । नेपालका रोहित पौडेलले ६७, सन्दिप जोराले ४८, आसिफ शेखले ४५, र रशिद खानले ४४ रन बनाए ।

जवाफमा युएइले ३४.४ ओभरमा १२५ रन बनाउँदा सबै विकेट गुमायो । नेपालका सागर ढकालले ३ तथा रशिद खान, सुर्य तामाङ र पवन सर्राफले २/२ विकेट लिए ।

यो प्रतियोगितामा नेपाल पहिलो खेलमा श्रींलंकासँग ५ विकेटले पराजित भएको थियो भने दास्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);