नेपाल बंगलादेशसंग ८ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेपाल बंगलादेशसंग ८ विकेटले पराजित

काठमाडाैं, २ मंसिर । बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल पराजित भएको छ ।

बंगलादेशको ढाकामा सोमबार भएको खेलमा नेपाल बंगलादेशको यू–२३ टिमसँग ८ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ३९ रनको सामान्य लक्ष्य बंगलादेशले २४ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४४ ओभर ३ बलमा अलआउट हुँदै १ सय ३८ रन बनाएको थियो ।

नेपालका लागि सोमपाल कामीले बाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । सोमपालले ४ चौकाको मदतले ६३ बलमा सर्वाधिक ३८ रन बनाए ।

बंगलादेशका मिन्हाजुल अब्दीन अफ्रिदी र सुमोन खानले समान ३–३ विकेट हात पारे । नेपाललाई पराजित गरेसँगै बंगलादेश भने समूह ’बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

अपराजित बंगलादेशले ३ खेलमा ६ अंक जोड्यो । नेपालले भने ३ खेलमा २ अंक जोडेको छ । नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालको सेमिफाइनल पुग्ने सम्भावना गणितीय मात्र रहेको छ । अब नेपालको सेमिफाइनल यात्रा भारत र हङकङबीचको खेलले तय गर्ने छ । भारतलाई हङकङले पराजित गरे नेपाल सेमिफाइनलमा पुग्ने सम्भावना रहन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);