युरोकप छनोट : इंग्ल्याण्डद्वारा कोसोभो पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

युरोकप छनोट : इंग्ल्याण्डद्वारा कोसोभो पराजित

England-uhGigjgmb

एजेन्सी, २ मंसिर । शीर्ष स्थानमा रहँदै इंग्ल्याण्ड युरोकपमा छनोट भएको छ । आइतबार राति समूह एको खेलमा इंग्ल्याण्डले कोसोभोलाई ४–० गोल अन्तरले पराजित गर्दै युरोकपमा छनोट भएको हो ।

इंग्ल्याण्डले ३२ औ मिनेटमा ह्यारी विङ्कको गोलबाट अग्रता लिएको थियो । ७९ औ मिनेटमा ह्यारी केनले अग्रतालाई दोब्बर बनाउने काम गरे भने त्यसको चार मिनेटपछि मार्कुस रासफोर्डले इंग्ल्याण्डलाई ३–० को स्थितिमा पुर्याए । खेलको ईन्जुरी समयमा मासन माउन्टले गोल गर्दै इंग्ल्याण्डलाई ४–० गोल अन्तरले जित दिलाउन सफल रहे । शीर्ष स्थानको इंग्ल्याण्डले ८ खेलबाट २१ अंक जोड्यो । कोसोभो ११ अंक सहित तेस्रो स्थानमा रह्यो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);