युरो छनोट : चेक रिपब्लिकद्वारा इंग्ल्याण्ड २–१ ले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

युरो छनोट : चेक रिपब्लिकद्वारा इंग्ल्याण्ड २–१ ले पराजित

czech republic vs england

एजेन्सी, २५ असोज । युरोकप फुटबल छनोट खेलमा चेक रिपब्लिकले इंग्ल्याण्डलाई पराजित गरेको छ । शुक्रबार राति भएको खेलमा चेक रिपब्लिकले २–१ गोल अन्तरले इंग्ल्याण्डलाई पराजित गरेको हो ।

इंग्ल्याण्डका ह्यारी केनले पाँचौं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । तर त्यसको चार मिनेटपछि नै चेक रिपब्लिकले बराबरी गोल गरेको थियो । ज्याक ब्रेडबेकले चेकका लागि बराबरी गोल गरेका हुन् ।

पहिलो हाफ एक–एक गोलको बराबरी खेलेको चेक रिपब्लिकले ८५ औं मिनेटमा निर्णायक गोल थपेको थियो । जसमा जेडनेकले गोल गरेका थिए ।

हारपछि पनि इंग्ल्यान्ड ५ खेलबाट १२ अंक जोडेर समूह ‘ए’ को शीर्ष स्थानमा रहेको छ । चेक ६ खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);