टी-२० ग्लोबल छनोटको ट्रफी सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

टी-२० ग्लोबल छनोटको ट्रफी सार्वजनिक

global t20 qualifier

 एजेन्सी, २५ असोज । टी–२० विश्वकप क्रिकेटअन्तर्गत युएईमा हुने ग्लोबल छनोटको ट्रफी सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले शुक्रबार राति युएईमा ट्रफी सार्वजनिक गरेको हो ।

सन् २०२० मा आयोजना हुने टी–२० विश्वकपका लागि हुने ग्लोबल छनोटमा १४ राष्ट्रको सहभागिता छ । शुक्रबार ट्रफी सार्वजनिक कार्यक्रममा पनि छनोटमा सहभागी १४ राष्ट्रका कप्तानको उपस्थिति रहेको थियो ।

राउण्ड रोबिनको आधारमा आयोजना हुने छनोटमा स्कटल्याण्ड, नेदरल्याण्ड, पपुवा न्युगिनी, सिंगापुर, नामिबिया, केन्या, बर्मुडा, युएई, आयरल्याण्ड, ओमान, हङकङ, क्यानडा, जर्सी र नाइजेरिया रहेका छन् । नेपाल भने यस पटक ग्लोबल छनोटमा पुग्न सकेन ।

१८ अक्टोबरबाट ३ नोभेम्बरसम्म चल्ने छनोटबाट ६ टिमले विश्वकपमा स्थान बनाउने छन् । अस्ट्रेलियामा आयोजना हुने विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्ने छन् । एक आयोजकसहित टी–२० वरियताका शीर्ष ९ टिमले भने छनोट खेल्ने छैनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);