नेपालले भारतको रणजी ट्रफी खेल्ने टोलीसँग त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट श्रृंखला खेल्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

नेपालले भारतको रणजी ट्रफी खेल्ने टोलीसँग त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट श्रृंखला खेल्ने

काठमाडौं,८ फागुन । नेपालले भारतको रणजी ट्रफी खेल्ने टिमसँग त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट श्रृंखला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले भारतीय रणजी ट्रफी खेल्ने टिमसँग नेपालले खेल्ने टी ट्वान्टी क्रिकेट श्रृंखलाको मिति
सार्वजनिक गरेको हो ।

नेपालले गुजरात र बरोडासँग त्रिकोणात्मक टी ट्वान्टी सिरिज खेल्नेछ । सिरिजका सबै खेल गुजरातमा हुनेछ । मार्च २१ मा गुजरातविरुद्ध खेल्दै नेपालले टी ट्वान्टी सिरिजको सुरुवात गर्नेछ । डबल राउण्ड रोबिनका आधारमा शीर्ष दुई टिमले अप्रिल ७ मा फाइनल खेल्नेछन् । नेपालको राष्ट्रिय टिमलेनै सिरिज खेल्ने भएको हो ।

रणजी ट्रफी भारतको प्रिमियर घरेलु पहिलो क्लासको क्रिकेट प्रतियोगिता हो । जुन प्रतियोगिता भारतीय क्रिकेट बोर्डले हरेक वर्ष आयोजना गर्ने गर्छ । जसमा क्षेत्रीय र राज्य स्तरका क्रिकेट टिम सहभागी हुने गर्छन् । नेपालले खेल्न लागेका गुजरात र बरोडा दुवैले भारतमा रणजी ट्रफी खेल्दै आएका छन् । नेपालले भारतीय टिमसँग मैत्रीपूर्ण सिरिजको प्रयास गरिरहेकोबेला  ।

फ्रेन्ड्ससिप कप नाम दिईएको यो सिरिज क्यानको पहलमा सम्भव भएको हो । भारतीय टिमसँग खेलिने सिरिजले नेपाली क्रिकेटको विकास र खेलाडीको एक्सपोजरमा महत्वपुर्ण योगदान पुग्ने क्यानको विश्वास छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);