नेपालले पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट नेदरल्यान्ड्ससँग खेल्ने | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

नेपालले पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं, १० जेठ । नेपालले पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट नेदरल्यान्ड्ससँग खेल्ने भएको छ । यसका लागि नेपालले नेदरल्यान्ड्सलाई प्रस्ताव गरिसकेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाट्टाले जानकारी दिए ।

इंग्ल्यान्डको लर्ड्स क्रिकेट मैदानमा जुलाई २९ मा नेपाल, नेदरल्यान्ड्स र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) बीच एक दिने टी–ट्वान्टी त्रिकोणात्मक श्रृखंला हुनेछ । उक्त खेलमा नेपाल र नेदरल्यान्ड्सको खेल टी–ट्वेन्टी अन्तर्राष्ट्रिय हुनेछ ।

प्रशिक्षक टमाटाका अनुसार त्यस लगत्तै नेदरल्यान्ड्स र नेपालबीच २ खेलको ओडीआई शृंखलाको लागि क्रिकेट खेल्ने गरि नेपालले प्रस्ताव पठाएको हो ।

केहि महिनाअघि सम्पन्न विश्वकप छनोट प्रतियोगितामा नेपालले अर्को वर्ष आयोजना हुने विश्व कपका लागि छनोट हुन असफल भएपनि चार वर्षका लागि एक दिवसिय राष्ट्रको मान्यता प्राप्त गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);