नेपाल र नेदरल्यान्डबीचको खेल सुरु, नेपाल बलिङ्ग गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपाल र नेदरल्यान्डबीचको खेल सुरु, नेपाल बलिङ्ग गर्दै

nepalvsned

काठमाडौं, १६ साउन । नेपाल र नेदरल्यान्डबीचको एकदिवसीय क्रिकेट खेल सुरु भएको छ । नेदरल्यान्डको एमस्टेलभिनस्थित भिरा क्रिकेट मैदानमा एक दिवसीय क्रिकेटमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

टस जितेर नेदरल्याण्ड्सले पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्न लागेको हो । नेपालले सिरिजको अन्तिम खेल शुक्रबार खेल्दैछ ।

नेदरल्यान्डका क्रिकेट टोलीमा कप्तान पिटर सिलर रहेका छन् भने नेपाली क्रिकेट टोलीको नेतृत्व पारस खड्काले गरेका छन् । एक दिवसीय मान्यता पाएपछि पहिलो पटक खेल्न लागेको नेपाली क्रिकेट टिम पूर्ण उत्साहित बनेको नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले बताए ।

२०१८ मार्चमा नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । यो नेपालको लागि अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि हो । एक दिवसीय क्रिकेट खेल्ने नेपाल २३ औं टोली हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);