नेपाली क्रिकेट टोलीको अबको यात्रा कस्तो होला ? | ईमाउण्टेन समाचार

Our Network

असार ८ २०८३, मंगलबार

नेपाली क्रिकेट टोलीको अबको यात्रा कस्तो होला ?

nepal cricket team

काठमाडौं, २७ साउन । नेदरल्यान्ड्ससँग ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलेर नेपाली क्रिकेट टोली गत सोमबार स्वदेश फर्किएको छ । क्रिकेट खेल्न सुरु गरेको २२ वर्षपछि गर्विलो इतिहास बनाएको नेपाली क्रिकेट टोलीको अबको यात्रा कस्तो होला ?

नेदरल्यान्ड्ससँग आफ्नो ऐतिहासिक खेल सिरिज १–१ को बराबरीमा टुंग्याएको हो नेपालले । एक दिवसीय अन्तर्रा्ष्ट्रिय क्रिकेटमा डेब्यु गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्यान्ड्सलाई रोक्न सफल भयो ।सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली क्रिकेट टिम स्वदेश फर्किएपछि टिमका कप्तान पारस खड्काले खेल ऐतिहासिक भएको बताएका छन् ।

नेदरल्यान्ड्ससँगको पहिलो खेलमा नेपाल ५५ रनले पराजित भएपनि दोस्रो खेलमा भने १ रनले विजयी भयो । नेपालको जितमा कप्तान खड्का नायक बने । पारसले अन्तिम बलमा नेपाललाई जित दिलाएका थिए । पहिलो खेलमा नेपाल जित नजिक पुगेर पनि हार व्योहोर्नु परेको थियो ।

नेपाली क्रिकेट टिम यतिबेला निकै व्यस्त छ । इंग्ल्यान्ड हुँदै नेदरल्यान्ड्स भ्रमण सकेर स्वदेश फर्किएको नेपाली क्रिकेट टिम अब केही दिनमै बन्द प्रशिक्षणमा हुनेछ । यही अगष्ट २९ तारिखदेखि मलेसियामा हुने एसिया कप छनोटमा नेपालले पनि भाग लिँदैछ ।

छनोटमा नेपालसँगै आयोजक मलेसिया, सिंगापुर, युएई, हङकङ र ओमन रहेका छन् । ६ टिमले सहभागिता जनाउने छनोट खेलको विजेताले युएईमा सेप्टेम्बर १५ देखि २८ तारिखसम्म हुने एसिया कप खेल्न पाउनेछ ।

अब नेपाली क्रिकेट टिमको मुख्य लक्ष्य भनेको एसिया कपमा छनोट हुनु हो । त्यसो त नेपालकै हैसियत भएका टिमहरूले छनोट खेल खेल्दैछन् । नेपालका लागि मुख्य प्रतिद्वन्दी भनेको युएई र हङकङ हुन् । युएई ओडीआई मान्यता प्राप्त नेशन हो ।

ताजा समाचार