म्यान्चेस्टर सिटीद्वारा इंग्लिस प्रिमियर लिगमा विजयी सुरुवात | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

म्यान्चेस्टर सिटीद्वारा इंग्लिस प्रिमियर लिगमा विजयी सुरुवात

game

काठमाडौं, २८ साउन । साविक विजेता म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।

नयाँ सिजनको पहिलो खेलमा आर्सनललाई २–० ले हराउँदै सिटीले उपाधि रक्षा अभियानलाई शक्त बनाएको छ । गएराति आर्सनलको मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीलाई विजयी गराउन राहिम स्टर्लीङ र बर्नार्डो सिल्भाले एक एक गोल गरे । जितसँगै म्यान सिटीका प्रशिक्षक पेप ग्वार्डीयोलाले नयाँ सिजनमा सफल सुरुवात गर्दा पराजित टोली आर्सनलका नयाँ प्रशिक्षक युनाई एम्रेलाई भने पहिलो खेलमै पराजित भएका छन् ।

प्रिमियर लिगअन्तर्गत अर्को खेलमा लिभरपुलले वेष्टह्याम यूनाइटेडमाथि ४–० को फराकिलो जित निकालेको छ । विजयी टिमका लागि सादियो मानेले २ गोल, मोहम्मद सलाह र डानियल स्टरीजले १–१ गोल गरे । गएराति नै भएको अर्को खेलमा साउथह्यानम्पटनले बर्नलीसँग गोलरहित बराबरी खेलेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);