इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको शानदार जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको शानदार जित

manchester city

काठमाडौं, ४ भदौ । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले शानदार जित निकालेको छ ।

गएराति भएको खेलमा म्यानचेस्टर सिटीले हडर्सफिल्ड टाउनलाई ६–१ गोलअन्तरले पराजित गरेको हो । खेलमा सिटीका लागि सर्जियो अग्वेरोले ह्याट्रिक गरे । यस्तै ग्रावियल जिसस, सिल्भा र कोन्जोलोले एक एक गोल गरे । टाउनका लागि स्टेनभिकले एक गोल गरे ।

त्यसैगरी गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड भने ब्राइटनसँग ३–२ गोलअन्तरले पराजित भएको छ । अर्को खेलमा वार्टफोर्डले बर्नलेलाई ३–१ ले हराएको छ ।

यता स्पेनिस ला लिगामा रियल मड्रिडले विजयी सुरुवात गरेको छ । स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र प्रशिक्षक जिनेदिन जिदानले क्लब छोडेपछि पहिलो पटक ला लिगामा उत्रिएको रियलले गेटाफेलाई दुई शून्यले हरायो । घरेलु मैदान बर्नाबेउमा भएको खेलमा रियलको जितमा ग्यारेथ बेल र डानीयल कार्भाजलले एक एक गोल गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);