एसियाली खेलकुद : नेपालले आज फुटबल, ब्याडमिन्टन र फेन्सिङमा प्रतिस्पर्धा गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एसियाली खेलकुद : नेपालले आज फुटबल, ब्याडमिन्टन र फेन्सिङमा प्रतिस्पर्धा गर्दै

18-asian-games

काठमाडौं, ३ भदौ । एसियाली खेलकुद अन्तर्गत आज नेपालले फुटबल, ब्याडमिन्टन र फेन्सिङमा प्रतिस्पर्धा गर्दैछ । उद्घाटन समारोह अघिदेखि नै सुरु भएको फुटबलको समूह चरणको अन्तिम खेलमा नेपालले आज पाकिस्तानको सामना गर्न लागेको हो ।

अघिल्लो दुई खेलमा पराजित नेपालले पाकिस्तानलाई हराएमा समूहको उत्कृष्ट तेस्रो टिम बनेर प्रिक्वार्टर फाइनलमा स्थान बनाउन सक्नेछ । पाकिस्तानलाई पनि सो मौका रहनेछ । अघिल्लो दुई खेलमा पाकिस्तान पनि पराजित भएको थियो ।

ब्याडमिन्टन तर्फ पुरुषको टिम इभेन्टसमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली टिममा दिपेश धामी, विकास श्रेष्ठ, रत्नजित तामाङ र नविन श्रेष्ठ छन् । यस्तै महिला टिम इभेन्टमा भने नेपालले माल्दिभ्ससँग खेल्नेछ । नेपाली टिममा नङ्सल तामाङ, जेसिका गुरुङ, रसिला महर्जन र अमिता गिरी छन् ।

फेन्सिङ तर्फ महिलाको साब्रे ब्यक्तिगत इभेन्टमा कमला श्रेष्ठले जापानी खेलाडी नोरिका तामुरा, मंगोलियाकी अरुन्जया युन्देन्दोर्ज, हङ्कङ्की यिङ अउ सिन, चीनकी जियारुसी कियान र भियतनामकी थु हा बुई थीसँग प्रतिस्पर्धा गर्ने्िछन् ।

यस्तै पुल डीको खेलमा रविना थापाले आयोजक इन्डोनेसियाकी दिया पेरमातासारी, जापानकी शिहोमी फुकुसिमा, दक्षिण कोरियाकी जिसु युन, कम्बोडियाकी लिन्ली छाय र इरानकी फाजेह राफिइ डेल्चेहसँग प्रतिस्पर्धा गर्ने्छिन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);