यू–१९ क्रिकेट : नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

यू–१९ क्रिकेट : नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै

u-19 cricket

काठमाडौं, ३१ भदौ । भारतका दुई तथा अफगानिस्तान र नेपालको यू १९ क्रिकेट टिम सम्मिलित सिरिज अन्र्तगत नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैै छ । सिरिज अन्तर्गत लगातार भारतका दुई यू १९ ए र बीसँग पराजित भएको नेपालले आज अफगानिस्तासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

सिरिज अन्तर्गत पहिलो २ खेलमा भारत यू १९ ‘ए’ र ‘बी’संग पराजित भएको नेपाली युवा क्रिकेट टिम आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैै छ । नेपाल जस्तै अफगानिस्तान पनि पहिलो जितको खोजिमा रहेकाले नेपाललाई त्यति सहज भने पक्कै छैन ।

अफगानिस्तानले पनि खेलेको २ वटै खेलमा पराजय बेहोरेको छ । अफगानिस्तान र नेपालले २–२ खेल हारेकाले दुवै टिमको फाइनल पुग्ने सम्भावना भने सकिएको छ ।

बंगलादेशमा आयोजना हुने अन्डर–१९ युथ एसिया कप प्रतियोगिताका लागि नेपालले जारी प्रतियोगितालाई अभ्यासको रुपमा पनि लिएको छ । शनिबार जारी तालिका अनुसार नेपालले पहिलो खेल भारतसँग खेल्ने छ ।

मलेसियामा २०१७ नोभेम्बरमा सम्पन्न प्रतियोगिताको अघिल्लो संस्करणमा नेपालले भारतलाई पराजित गर्दै इतिहासमै पहिलो पटक सेमीफाइनलसम्मको यात्रा तय गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);