यू-१९ क्रिकेट : नेपाल र अफगानिस्तान तेस्रो स्थानका लागि भिड्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

यू-१९ क्रिकेट : नेपाल र अफगानिस्तान तेस्रो स्थानका लागि भिड्दै

nepalvsindia

काठमाडौं, २ असोज । भारतको लखनउमा जारी यू १९ एकदिवसीय क्रिकेटमा आज नेपाल र अफगानिस्तान भिड्दै छन् । भारतका दुई तथा नेपाल र अफगानिस्तान सहित ४ टिम सहभागि प्रतियोगितामा नेपाल र अफगानिस्तान तेस्रो स्थानका लागि  भिड्दै छन् ।

लखनउस्थित एकाना स्टेडियममा अफगानिस्तानविरुद्ध नेपालले सुरुवातमा बलिङ गरिरहेको छ । अफगानिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ मौका पाएको हो ।

उपाधिका लागि भारतका ए र बी टिम भिड्ने छन् । नेपाल भारतका दुवै टिमसँग पराजित भएको थियो भने अफगानिस्तान भारतका दुबै टिम र नेपालसँग पनि पराजित भएको थियो ।

लिगको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेकोले नेपाललाई आजको खेल खेल्ने अबसर मिलेको हो । आजको खेलमा अफगानिस्तानलाई पराजित गर्न सके नेपालले तेस्रो स्थानमा रहँदै प्रतियोगिता टुंग्याउने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);