एसिया कप क्रिकेट आजदेखि श्रीलंकामा सुरु हुँदै, नेपालले तीन देशसंग सामना गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एसिया कप क्रिकेट आजदेखि श्रीलंकामा सुरु हुँदै, नेपालले तीन देशसंग सामना गर्ने

acc

एजेन्सी, १९ भदौ । एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले आयोजना गरेको १९ वर्षमुनिको एसिया कप क्रिकेट आज देखि श्रीलंकामा सुरु हुँदैछ । समूह ‘बी’ मा रहेको नेपालले श्रीलंका, बंगलादेश र युएईको सामना गर्ने छ ।

समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् । नेपालले पहिलो खेल शुक्रबार श्रीलंकासँग खेल्ने छ । एसिसी यू–१९ एसिया कपको यो आठौँ संस्करण हो । नेपालले सन् २०१७ को संस्करणको समूहगत चरणमा भारतलाई १९ रनले हराएको थियो । त्यतिबेला सेमिफाइनल पुगेको नेपाल अफगानिस्तानसँग पराजित भएपछि अगाडि बढ्न सकेको थिएन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);