एसीसी यू–१९ एशिया कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एसीसी यू–१९ एशिया कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा

asia cup-toli ghosana

काठमाडौं, ५ भदौ । श्रीलंकामा आयोजना हुने एसीसी यू–१९ एसिया कप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । श्रीलंकामा यही भाद्र १९ देखि २८ गतेसम्म एसियन क्रिकेट काउन्सिलको आययोजनामा यू–१९ एशिया कप क्रिकेट प्रतियोगिता हुँदैछ ।

प्रतियोगिताको लागि नेपालले बिहिबार रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । टिममा रोहितसँगै रित गौतम, पवन सर्राफ, महम्मद आसिफ शेख, सन्दीप जोरा, भीम कार्की, हरिबहादुर चौहान, कुशल मल्ल, रसिद खान, कमलसिंह ऐरी, सागर ढकाल, खडकबहादुर बोहरा, सूर्य तामाङ, लोकेशबहादुर बम र प्रतिस जीसी रहेका छन्।

प्रतियोगितामा भाग लिनका लागि नेपाली टोली भाद्र ७ गते श्रीलंका प्रस्थान गर्ने छ । टोलीमा सन्दीप जोराले कमब्याक गर्दा बिशाल विक्रम केसी भने टिमबाट बाहिरिएका छन् । टिममा कमब्याक गर्नेमा जोरासंगै आसिफ शेख र सूर्य तामाङ रहेका छन् ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक श्रीलंकासंग खेल्नेछ । समूह ’बी’ मा रहेको नेपालले श्रीलंकासँग भदौ २० गते खेल्नेछ ।

यस्तै दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ । अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);