प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको आज दोस्रो दिन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको आज दोस्रो दिन

काठमाडौँ, ३ माघ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय क्लब एपीएफ र प्रदेश नम्बर एकबीच खेल हुँदैछ ।

राष्ट्रिय खेलकुद परिषदको आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघ क्यानको व्यवस्थापनमा शुक्रबारदेखि शुरु भएको प्रतियोगिताको दोस्रो दिन एक खेल हुन लागेको हो । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेलमा प्रदेश एकबाट सिद्धान्त लोहनीको कप्तानीमा र एपीएफको कप्तानी शरद भेषावकरले गर्नेछन् ।

एपीएफको टिममा शरद भेषावकर, वसन्त रेग्मी, सुबास खकुरेल, शंकर राना, प्रदीप ऐरी, सन्दीप जोरा, कमलसिंह ऐरी, सुमित महर्जन, रित गौतम, किशोर महतो, भुवन कार्की, मोहम्मद आसिफ शेख, अमर सिंह राउटेला, सूर्य तामाङ र अभिनास बोहरा छन् ।

त्यस्तै प्रदेश एकको टिममा सिद्धान्त लोहनी फिर्दोस अन्सारी, मिनास थापा, दीपक पासवान, राजन मगर शुबशंकर उराव, दीपेश कँडेल, श्रवण यादव, सोनु मण्डल, जोशक खड्का, विवेक मेहता, मनोज तामाङ, ज्ञानेन्द्र श्रेष्ठ र हेमन्त राई रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);