पीएम कपः अपराजित एपीएफ सेमिफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

पीएम कपः अपराजित एपीएफ सेमिफाइनलमा

काठमाडौं । लुम्बिनी प्रदेशमाथि सात विकेटको जित निकाल्दै अपराजित एपीएफ क्लब प्रधानमन्त्री (पीएम) कप टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।शुक्रबार मुलपानी क्रिकेट मैदानमा भएको दोस्रो खेलमा लुम्बिनीले दिएको १०५ रनको लक्ष्य एपीएफले ११ ओभरमा मात्र तीन विकेट गुमाएर पूरा गर्‍याे । 

एपीएफको जितमा आसिफ शेखले सर्वाधिक ४३ रन बनाए । २६ बल खेलेका आसिफले चार चौका र तीन छक्का प्रहार गरे । त्यस्तै प्रदीप ऐरीले ३६ रनमा बनाउँदा लोकेश बम सात र सन्दीप जोरा ९ रनमा अविजित रहे । लुम्बिनीका बसिर अहमेदले दुई र सिद्धान्त साहीले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा अल आउट हुँदै १०४ रनको योगफल तयार पारेको थियो । लुम्बिनीका देव खनालले सर्वाधिक ४३ रन बनाएका थिए । त्यस्तै सुशान्त थापाले १८ र कप्तान कृष्ण कार्कीले १३ रनको योगदान गर्दा अन्य ब्याटरले दोहोरो अंक बनाएनन् । 

एपीएफका कमलसिंह ऐरी, किशोर महतो, अविनाश बोहरा र दीपक बोहराले समान दुई विकेट लिएका थिए । त्यस्तै कप्तान शरद भेषावकरको नाममा एक विकेट रह्यो । एपीएफले समूह बी का चार खेलबाट आठ अंक जोड्यो। तीन खेलमध्ये एकमा जित र दुईमा हारको नतिजा आत्मसाथ गरेकाे लुम्बिनी भने तालिकाको चौथो स्थानमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);