प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट आजदेखि सुरु हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट आजदेखि सुरु हुँदै

उद्घाटन खेलमा लुम्बिनी प्रदेश र प्रदेश २ भिड्ने

दाङ, ११ पुष । दाङको लमहीमा आजदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय खेलकुद टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगिताको पहिलो दिन आज दुई खेल हुनेछन् ।

उद्घाटन खेलमा लुम्बिनी प्रदेशले प्रदेश २ को सामना गर्ने छ । दिउँसो १ बजे हुने दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन विभागीय टोली एपीएफले कर्णाली प्रदेशको सामना गर्नेछ । प्रतियोगिताको उद्घाटन कार्यक्रममा नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी, अतिथि, खेलाडी र खेल शुभचिन्तकहरुको सहभागिता रहने छ ।

प्रतियोगितामा ७ प्रादेशिक टोलीसँगै विभागीय टोली एपीएफको सहभागिता रहने छ । टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा एपीएफ, प्रदेश नम्बर २, कर्णाली र लुम्बिनी प्रदेश रहेका छन् । समूह बी मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश नम्बर १ रहेको छ । यसरी समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनलका दुवै खेल १८ गते हुनेछ ।

प्रतियोगिताको फाइनल खेल १९ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद ५ लाख प्राप्त गर्नेछ । भने उपविजेता टोलीले ३ लाख, त्यसैगरी सेमिफाइनलबाट बाहिरिएका दुई टोलीले समान २५ हजार प्राप्त गर्नेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);