२१ वर्ष पछि जनकपुरधाममा इन्टर स्कुल क्रिकेट रनिङकप सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

२१ वर्ष पछि जनकपुरधाममा इन्टर स्कुल क्रिकेट रनिङकप सुरु

पहिलो खेलमा सर्बोदय विजयी

जनकपुरधाम, १० पुष । जनकपुरधामको रंगभूमी मैदानमा शुक्रबार एक कार्यक्रमका बीच इन्टर स्कुल क्रिकेट रनिङकप २०७७ को उद्घाटन गरिएको छ । २१ वर्ष पछि जनकपुरधाममा अन्तरस्कुल रनिङकपको पहिलो खेल ओमआरसीएस र सर्बोदय ईङिलस स्कुलबीच प्रतिस्पर्धा भएको छ ।

क्रिकेट खेलमा कुनै बेला अब्बल रहेको जनकपुरधाममा विद्यालय स्तरमा खेल प्रति ध्यान कम भएकाले खेलाडीहरु उत्पादन हुन नुकेकेको बेलामा एनपेब्सन धनुषा तथा धनुषा क्रिकेट संघको संयुक्त आयोृजनामा सुरु भएको उक्त खेलको पाहिलो दिनको खेलमा पहिला व्याटिङ गर्दै ओम आरसीएस स्कुलले ६ विकेटको एक सय ३१ रन बनाएका थिए । एक सय ३२ रनको लक्ष्य लिएर मैदानमा उत्रेका सर्वोदय सेकेन्ड्री ईङिलस बोर्डिङ स्कुलले ३ विकेटले म्याच जितेका छन् ।

सर्वोदयका खेलाडीले २० औँ अभरको दोस्रो बल सम्म खेलेर १ सय ३५ रन बनाई जित हात पारेका हुन । शनिबार चिल्ड्रेन होली प्लेस र एैरे ईन्टरनेसनल स्कुल तथा मदर टेरेसा र जेनिथ स्कुल बिच प्रतिस्प्रधा हुने आयोजक धनुषा क्रिकेट संघका जिल्ला अध्यक्ष आशिष झाले जानकारी दिनुभयो । झाकै अध्यक्षतामा भएको उद्घाटन सत्रमा बोल्दै वक्ताहरुले विगतमा खेलको ईतिहास रहेको जनकपुरधाममा फेरी विद्यार्थीहरुलाई खेल प्रति जागरुक गराउन विद्यालय स्तरीय खेलको नियमित रुपमा हुनु पर्ने बताएका थिए ।

उक्त खेलको उद्घाटनमा एनप्याब्सनका केन्द्रिय अध्यक्ष ऋतुराज सापकोटाले बलिङ र क्रिकेट संघ प्रदेश नं. २ का संयोजक हिरा भगतले ब्याटिङ गरी उद्घाटन गर्नुभएको थियो । ८ वटा टिम सहभागी भई पुस २० गते सम्म उक्त रनिङ कप संचालन रहने आयोजकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);