धनगढी प्रिमियर लिग: आज धनगढी स्टार्सले तेस्रो खेल खेल्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

धनगढी प्रिमियर लिग: आज धनगढी स्टार्सले तेस्रो खेल खेल्दै

dpl3

धनगढी, १ फागुन । घरेलु टोली धनगढी स्टार्सले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा आज आफ्नो तेस्रो खेल खेल्दैछ ।

फाप्ला क्रिकेट मैदानमा आज धनगढीले विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्दैछ । दिउँसो एक बजे हुने खेलमा धनगढीलाई जित अनिवार्य छ । यसअघिका दुई खेलमा पराजित भएको धनगढी लिगको पुछारमा छ । धनगढी यसअघि आफ्नो पहिलो खेलमा काठमाडौं गोल्डेन्ससँग चार विकेट र दोस्रो खेलमा सीवाईसी अत्तरियासँग पाँच रनले पराजित भएको थियो । यता विराटनगर पनि आफ्नो पहिलो खेलमा रुपन्देही च्यालेन्जर्ससँग पाँच विकेटले पराजित भएको थियो । त्यसकारण विराटनगर पनि आफ्नो दोस्रो खेलमा जित हात पार्ने लक्ष्यमा छ ।

आजै हुने पहिलो खेलमा काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडसँग प्रतिस्पर्धा गर्ने छ । खेल विहान ९ बजे बाट सुरु भइरहेको छ । काठमाडौं गोल्डेन्सले आफ्नो पहिलो खेलमा धनगढीलाई चार विकेटले पराजित गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);