हिरो गोल्डकप महिला फुटवल: आज नेपाल र इरान भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

हिरो गोल्डकप महिला फुटवल: आज नेपाल र इरान भिड्दै

hero gold cup

काठमाडौं, १ फागुन । भारतमा जारी हिरो गोल्डकप महिला फुटवल अन्तर्गत आज लिग चरणको अन्तिम खेलमा नेपाल र इरानवीच प्रतिष्पर्दा हुनेछ ।

भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा नेपाल र इरानबीचको खेल दिउँसो ४ बजे शुरु हुनेछ । जारी प्रतियोगितामा एक खेलमा पराजित र एक खेलमा जित निकाल्दै नेपालले तीन अङ्क जोडेको छ । आज इरानविरुद्ध जित निकालेको खण्डमा नेपाल शीर्ष दुईमा पर्दै फाइनल पुग्नेछ भने पराजित भएको खण्डमा अर्को खेलको नतिजा कुर्नु पर्नेछ ।

आजै हुने खेलमा म्यानमार र भारत पनि प्रतिस्पर्धा गर्दैछन् । यो खेल बराबरी खेलेमा वा म्यानमारले भारतलाई हराएमा वा भारतले थोरै गोलअन्तरमा म्यानमारलाई हराएमा नेपाल फाइनल पुग्ने सम्भावना बढी हुन्छ । यस्तै म्यानमारले भारतलाई हराएर सानो गोलअन्तरका आधारमा इरानसँग हारेमा पनि नेपाल फाइनल पुग्न सक्छ । चार टोली आयोजक भारत, इरान, नेपाल र म्यान्मार सहभागी प्रतियोगिताका शीर्ष दुई टोली फाइनल प्रवेश गर्ने छन् ।

दुई चरणका खेल समाप्त हुँदासम्म म्यान्मार दुवै खेल जित्दै ६ अङ्कसहित शीर्षस्थानमा छ भने नेपाल ३ अङ्कसहित दोस्रो र भारत पनि समान ३ अङ्कसहित तेस्रो स्थानमा छ । इरान अहिलेसम्म अङ्कक विहीन छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);