हिरो महिला गोल्डकप फुटबल: आज नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

हिरो महिला गोल्डकप फुटबल: आज नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्दै

hero gold cup

काठमाडौं, ३ फागुन । हिरो महिला गोल्डकप फुटबलको उपाधिका लागि नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।

भारतको भुवनेश्वरस्थित कालिंगाा रंगशालामा उपाधिका लागि नेपाल र म्यानमारबीच फाइनलमा प्रतिस्पर्धा हुन लागेको हो । खेल नेपाली समयअनुसार बेलुकी ६ बजेर १५ मिनेटमा सुरु हुनेछ । राउण्ड रोविनको आधारमा भएको खेलमा म्यानमार शीर्ष स्थानमा र नेपाल दोस्रो स्थानमा रहंदै फाइनलमा प्रवेश गरेको हो ।

राउण्ड रोविन लिगमा तीन खेलमा तीनै खेल जित हात पार्दै म्यानमारले ९ अंक बनाएको छ भने नेपालले तीन खेलमध्ये दुई खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ६ अंक बनाएर फाइनलको स्थान सुरक्षित गरेको हो ।नेपाल र म्यानमार फाइनलमा पुग्दा आयोजक भारत र इरानभने लिग राउण्डबाटै बाहिरिएका हुन् । आजको फाइनलमा म्यानमारलाइ पराजित गर्दै नेपाल हिरो महिला गोल्डकपको उपाधि उचाल्ने लक्ष्यमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);