डिपीएल : बिहीवारको खेलमा विराटनगर र महेन्द्रनगरले अंक बाँडे | ईमाउण्टेन समाचार

Our Network

फागुन २१ २०८२, शुक्रबार

डिपीएल : बिहीवारको खेलमा विराटनगर र महेन्द्रनगरले अंक बाँडे

धनगढी, २ फागुन । धनगढी प्रमियर लिग (डिपीएल) को तेस्रो संस्करण अन्तरर्गत बिहीबार विराटनगर किंग्स र महेन्द्रनगर युनाइटेडबीच भएको दोस्रो खेल वर्षाले रद्द भएको छ । फाप्ला क्रिकेट मैदानमा टस जितेको विराटनगरले १८दशमलव ३ ओभरमा ७ विकेट गुमाइ ८२ रन बनाएको समयमा खेल वर्षाले रोकिएको थियो ।

त्यसपछि पनि निरन्तर पानी परिरहेपछि खेल रद्द हुन पुगेको थियो । दुवै टोलीलाई १/१ अंक बाँडिएको छ । विराटनगरले ३ खेलमा ३ अंक जोडेको छ । पहिलो २ खेल हारेको महेन्द्रनगरको यो पहिलो अंक हो ।

विराटनगरका ओपनर असादउल्ला खानले १९ रन बनाए । २३ बल खेलेका उनले ३ चौका र पहिलो ओभरमा मोहम्मद नाविदलाई १ छक्का प्रहार गरे । पृथु बाँस्कोटा १४, अविनाश यादव १३ र तृतराज दास १२ रनमा आउट भए ।

त्यसैगरी आसिफ शेख शुन्य, हरिशंकर साह ५ र कुशल भूर्तेल ३ रन बनाइ आउट भएका थिए । कप्तान करण केसी ६ बलमा १ छक्का प्रहार गरी ९ रनमा अविजित रहे । महेन्द्रनगरका सागर ढकालले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । नाविदले १ विकेट लिएका थिए ।