डिपीयल किक्रेटमा कञ्चनपुर आइकोनिकको रोमाञ्चक जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

डिपीयल किक्रेटमा कञ्चनपुर आइकोनिकको रोमाञ्चक जित

श्रवण देउवाचैत ३१, कैलाली
सगरमाथासिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत विहीवार भएका खेलमाकञ्चनपुर आइकोनिक र विराटनगर किंग्सले जितहातपारेका छन । पहिलो खेलमाकञ्चनपुरन आईकोनिकले धनगढी टिम चौराहालाई ११ रनले पराजित गरेको हो । दोस्रो खेलमाविराट नगर किंग्सले सिवाईसी अत्तरीयामाथि ८ विकेटको सानदार जितदर्ता

डिपीयल किक्रेटमा कञ्चनपुर आइकोनिकको रोमाञ्चक जित

श्रवण देउवा
चैत ३१, कैलाली
सगरमाथासिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत विहीवार भएका खेलमाकञ्चनपुर आइकोनिक र विराटनगर किंग्सले जितहातपारेका छन । पहिलो खेलमाकञ्चनपुरन आईकोनिकले धनगढी टिम चौराहालाई ११ रनले पराजित गरेको हो । दोस्रो खेलमाविराट नगर किंग्सले सिवाईसी अत्तरीयामाथि ८ विकेटको सानदार जितदर्ता ग¥यो ।

सेतीअञ्चलप्रहरी कार्यालयको खेल मैदानमाभएको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कञ्चनपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५ रन बनायो । कञ्चनपुरकालागि सुनिलधमलाले ३७बलमा ३९ रन, सिद्धान्त लोहनीले २० बलमा २७ रन बनाए । सागर पुनले ४३ बलमा २० रन वनाए । कञ्चनपुरका ५ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । धनगढीका रामनरेश गिरी र आरिफ शेखले दुई दुई विकेट लिए ।

सुशनभारी र प्रेम तामाङले एक एकविकेट लिए । बिहीबार सेतीअञ्चलप्रहरी कार्यालयको खेल मैदानमाभएको पहिलो खेलमा १ सय ६ रनको लक्ष्य पछ्याएको धनगढी १७ओभर ४ बलमा ९४ रन बनाएर अल आउट भयो । धनगढीका लागिपारस खड्काले २३ बलमा २३ रन, आरिफ शेखले ३२ बलमा २२ रन पृथु बास्कोटाले १७बलमा १९ रन र अनिल मडण्लले १५ बलमा १२ रन बनाए । धनगढीकाचार जना ब्याट्सम्यानशून्यमा आउट भए ।

प्रेमतामाङ र सुसन भारी एक एक रनमा आउट भए । धनगढीले ५ रन जोड्दा आफ्नावाकी सवै विकेट गुमाएको हो । कञ्चनपुरलाई जिताउनअभिनाश कर्णले तीन, ललित भण्डारी र चन्द्र साउदले दुई दुई विकेट लिए । सिद्धान्त लोहनी र सुनिलधमलाले एक एकविकेट लिए । लागतार दुई हारपछिको पहिलो जितहातपार्नुमावलरहरुले अन्तिमओभर उत्कृष्ट खेल देखाएको वताए ।

अघिल्लो पटक भएको धनगढी क्रिकेट लिगको च्याम्पीयन टीम धनगढीले लगातार २ खेल गुमाएपछि पछिल्ला खेल जित्ने चुनौती वढेको छ । कप्तानपारस खड्काले व्याट्सम्यानहरुले खेल्न नसक्दा पराजितभएको प्रतिक्रियादिए ।

लिगअन्तर्गत विहीवार दिउसो भएको खेलमा टस जितेर पहिले व्याटिङ गरेको अत्तरीयाले निर्धारित ओभरमा सवै विकेट गुमाउदै ९२ रन मात्रै वनाउन सक्यो । अत्तरीयाकालागि मेहवुवआलमले २७ करन केसीले १७ ज्ञानेन्द्र मल्लले १४ र ज्ञानेन्द्र कुवरले १० रन वनाउनु वाहेकअन्य खेलाडीले दोहोर अंक छुन सकेनन् । विराटनगरकालागि सन्दीप लामिछानेले ३ र जितेन्द्र मुखीयाले २ विकेट लिए । ९३ रनको लक्ष्यलिएर मैदानउत्रिएको विराटनगरले ११ दशमलव ५ ओभरमा २ विकेट क्षतिमाविजयलक्ष्य पुरा ग¥यो । जितकालागिआसिफ सेखले सर्वाधिक ४६ र दिपेन्द्र सिंह ऐरीले २६ रन वनाए ।

अभिनास वोहोरा र ससी केसरीले २÷२ विकेट लिएपनि । खेलमा वेल्स क्याफे म्यानअफ द म्याचहुदै नगद १० हजार हातपारे । प्रतियोगिताअन्तर्गत शुक्रवार हुने पहिलो खेलमा रुपन्देहीच्यालेन्जर्स र काठमाण्डौ गोल्डेन्स तथा दोस्रो खेलमासिवाईसी अत्तरीया र धनगढी टीम चौराहवीचमाहुने आयोजकले जनाएको छ । धनगढी क्रिकेट एकेडेमी र सुदुरपश्चिमाञ्च एकेडेमीको संयुक्तआयोजनामाभईरहेको प्रतियोगितामा ६ टिम सहभागी छन् ।

६ वटाशहरका नामबाट बनाइएका टिममा सुदूरपश्चिमकातीनशहरकातीन टिम सहित काठमाडौंको एक, विराटनगरको एक र भैरहवाको नामबाट एक टिम छन् । सबैभन्दा धेरै पुरस्कार रहेको घरेलु क्रिकेट प्रतियोगिता डिपिएलको विजेताले १५ लाख र उपविजेताले ७लाख रुपैया पुरस्कार पाउने छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);