डीपीएल : विराटनगरद्वारा काठमाडौं सामु १६५ रनको लक्ष्य प्रस्तुत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

डीपीएल : विराटनगरद्वारा काठमाडौं सामु १६५ रनको लक्ष्य प्रस्तुत

biratnagarvskathmandu

धनगढी, २३ चैत । धनगढीमा जारी डीपीएल क्रिकेटमा विराटनगर किंग्सले काठमाडौं गोल्डेन्ससामु १ सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर व्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६४ रन बनाएको हो ।

विराटनगरको इनिङमा बाबर हायतले सर्वाधिक ६७ रन बनाए । उनले ३३ बलमा ७ छक्का र ३ चौका प्रहार गर्दै ६७ रन बनाएका हुन् । यस्तै दीलिप नाथले ३३, पृथु बाँस्कोटाले ११ तथा अनिल साह र बसन्त रेग्मीले १०-१० रन बनाए ।

काठमाडौं गोल्डेन्सका लागि ललित राजवंशीले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । काठमाडौं गोल्डेन्स अहिले लक्ष्य पछ्याइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);