डीपीएल : अत्तरीयाको विजयी सुरुवात, रुपन्देही ९ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

डीपीएल : अत्तरीयाको विजयी सुरुवात, रुपन्देही ९ विकेटले पराजित

dpl

धनगढी,  १८ चैत । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा सिवाइसी अत्तरीयाले  विजयी सुरुवात गरेको छ । सिवाइसी अत्तरीयाले रुपन्देही च्यालेन्जर्सलाई नौ विकेटले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देही १५ ओभर २ बलमा ६१ रनमा अलआउट भएको थियो । रुपन्देहीका लागि सुफियान मेहमुदले २० रन बनाउनुबाहेक अरु कसैले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रदीप ऐरी, सागर पुन र सुसन भारी शुन्यमा आउट भएको खेलमा विक्रम भुसाल र शक्ति गौचनले आठ आठ, जितेन्द्र मुखियाले ७ र दिपक प्रसादले ५ रन बनाए । अत्तरियाका कमल सिंह ऐरीले ४ तथा शुभाङ्कर उराउले ३ विकेट लिएपछि रुपन्देहीका ब्याट्स्म्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

जवाफी ब्याटिङमा ६२ रनको झिनो लक्ष्य अत्तरीयाले ७ ओभर ३ बलमा मात्र एक विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो । अत्तरीयाको जितमा कप्तान सुवास खकुरेलले १९ रन बनाए भने भारतीय खेलाडी गौरभ चितकाराले अविजीत ३० र प्रेम तामाङले १४ रनको योगदान गरे । अत्तरीयाको एकमात्र विकेट २६ रन हुदा झरेको थियो ।

अाजै हुने दोश्रो खेलमा महेन्द्रनगर युनाइटेड र विराटनगर किंग्स भिडदै छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);