डीपीएल क्रिकेट : धनगढीको दोस्रो हार, अत्तरियाको विजयी सुरुवात | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

डीपीएल क्रिकेट : धनगढीको दोस्रो हार, अत्तरियाको विजयी सुरुवात

dpl3

धनगढी, २९ माघ । साविकको विजेता धनगढी स्टार्सले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा लगातार दोस्रो हार व्यहोरेको छ ।मंगलबार भएको खेलमा सिवाईसी अत्तरियासंग ५ रनले पराजित हुँदै सोमपाल कामीको कप्तानीमा रहेको धनगढीले दोस्रो हार व्यहोरेको हो ।

फाप्ला क्रिकेट मैदानमा दिपेन्द्र सिह ऐरीको कप्तानीमा रहेको अत्तरियाले दिएको ९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको धनगढीले पुरै २० ओभरमा ९ विकेट गुमाएर मात्र ९० रन बनाउन सक्यो ।

धनगढीका लागि राजु रिजालले अविजित रहदै सर्वाधिक २६ रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन् । अन्तिम ओभरमा १६ रन आवश्यकता हुँदा राजुले १ छक्का, १ चौका र २ रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै धनगढीका लागि रोहन मुस्तफाले १८, सन्दीप रजालीले ११ र कप्तान सोमपालले १० रन जोडे ।

धनगढीलाई रोक्न अत्तरियाका भुवन कार्कीले किफायती बलिङ गर्दै ४ ओभरमा १० रन खर्चेर ४ विकेट लिए । यस्तै प्लेयर अफ दि म्याच सन्नी पटेलको नाममा २ विकेट रह्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर ९५ रन बनाएको थियो । अत्तरियाका लागि सन्नी पटेलले अविजित रहदै २८ बलमा सर्वाधिक ३५ रन जोडे । यस्तै जयकिशन कोश्लावालाले २१ रन जोड्दा प्रेम तामाङले १२ रन बनाए । कप्तान दिपेन्द्र सिंह ऐरीले ११ रन बनाएर आउट भए ।

धनगढीका रोहन मुस्तफाले २ विकेट लिए । अमीर हायत, सोमपाल कामी र बिपिन खत्रीले १/१ विकेट लिए ।

योसंगै अत्तरियाले जितबाट प्रतियोगिताको सुरुवात गरेको छ । र, अत्तरियाले २ अंक जोडेको छ। अब अत्तरियाले दोस्रो खेलमा बिहिबार रुपन्देही च्यालेन्जर्ससंग खेल्नेछ ।

यो हारसंगै धनगढीलाई प्ले अफ यात्रामा धक्का लागेको छ । धनगढी पहिलो खेलमा काठमाडौं गोल्डेन्ससंग ४ विकेटले पराजित भएको थियो । अब धनगढीले तेस्रो खेलमा बुधबार विराटनगर किङससंग खेल्नेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);