डिपिएल क्रिकेटमा काठमाडाैं गोल्डेन्सकाे विजयी सुरूवात | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

डिपिएल क्रिकेटमा काठमाडाैं गोल्डेन्सकाे विजयी सुरूवात

DPL_kathmandu goldens

धनगढी, २८ माघ । धनगडी प्रिमियर लिग (डीपीएल)क्रिकेटको को तेस्रो संस्करणमा काठमाडौं गोल्डेन्सले पहिलो जित हात पारेको छ । सोमबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा धनगढी स्टार्स विरुद्धको खेलमा ४ विकेटको जित हात पार्दै काठमाण्डौ गोल्डेनले जितको सुरुआत गरेको हो ।

टस हारेर ब्याटिङ गरेको धनगढीले दिएको १ सय ३३ रनको लक्ष्य काठमाडौंले १९दशमलव ५ ओभरमा पुरा गर्यो । खेलमा महबुब आलमले विजयी चौका प्रहार गरे । उनले १२ र विक्रम भुसाल १० बलमा २ छक्का प्रहार गरी १४ रनमा अविजित रहे । काठमाडौंका गौरव तोमार २८, अनिल साह २४, अंकिद दबास २९, कप्तान ज्ञानेन्द्र मल्ल ३, सोनु तामाङ र योगेन्द्रसिंह कार्की समान २ रनमा आउट भए ।

धनगढीका रोहन मुस्तफाले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । अमिर हायत र विपिन खत्रीका नाममा १-१ विकेट रह्यो ।

यस्तै टस टस हारेर ब्याटिङमा आएको धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १सय ३२ रन बनाएको थियो । धनगढीको तर्फबाट अमित श्रेष्ठ ५०, सन्दीप रजाइली २८, सौरभ खनाल २५ र पवन सर्राफले १९ रन बनाए ।बलिङ तर्फ नन्दन यादव २, ललित राजवंशी र अंकित दबासले १-१ विकेट लिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);