टिम चौराहा च्याम्पियन | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

टिम चौराहा च्याम्पियन

dpl

धनगढी,  १ बैशाख । टिम चौराहा धनगढीले लगातार दोस्रोपटक रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)–२ को उपाधि जितेको छ । घरेलु टोली चौराहाले काठमाडौं गोल्डेन्सलाई २१ रनले पराजित गर्दै लगातार दोस्रोपटक डीपीएल उपाधि उचालेको हो ।

शुक्रबार भएको फाइनल खेलमा टिम चौराहा धनगढीले दिएको १८२ रनको लक्ष्य पछ्याएको काठमाडौं निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६० रनमा समेटियो । मध्यम सुरुवात गरेको काठमाडौंका लागि ओपनर ब्याट्सम्यान अमित श्रेष्ठले सर्वाधिक ५८ रन जोडे । टिम कप्तान ज्ञानेन्द्र मल्लले ३० रन जोडे ।

दोस्रो क्वालिफायरमा उत्कृष्ट ब्याटिङ गरेको काठमाडौंका ओपनर ब्याट्सम्यान सुबोध भाटी व्यक्तिगत ५ रनमा आउट भएपछि काठमाडौं दबाबमा परेको थियो । त्यसपछि ब्याटिङमा आएका पुष्प थापाले अमित श्रेष्ठसँग दोस्रो विकेटका लागि ५४ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए ।

फाइनल खेलमा टिम चौराहा धनगढीले दिएको १८२ रनको लक्ष्य पछ्याएको काठमाडौं निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६० रनमा समेटिएको थियो
यसअघि संघीय प्रहारी इकाइ कार्यालय धनगढीको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली धनगढीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८१ रनको सम्मानजनक योगफल तयार पारेको थियो । धनगढीका लागि ओपनर ब्याट्सम्यान सुनिल धमलाले सर्वाधिक ७८ रन जोडे । ६३ बल खेलेका धमलाले ८ चौका र ३ छक्का प्रहार गरे । अर्का ब्याट्सम्यान रोहन मुस्ताफाले ६० रन जोडे । सुनिल र रोहनले दोस्रो विकेटका लागि १४२ रनको साझेदारी खेले । ओपनर ब्याट्सम्यान अस्फाक एहमेद ४ रनमा आउट भए । कप्तान सोमपाल कामी ८ रनमा नटआउट रहे । काठमाडौंका सुबोध भाटीले २ तथा सन्नी पटेलले १ विकेट लिए ।

उपाधि जितेपछि कप्तान सोमपाल कामीले फ्रेस विकेट भएकाले आफूले टस जितेर ब्याटिङ रोजी सम्मानजनक स्कोर बनाउन सफल हुँदा जित हात पार्न सकिएको बताए । ‘बिहान पिच हेर्दा रन बढी बन्छ भन्ने थाहा थियो । टस जित्न सके पहिले ब्याटिङ गर्ने योजना बनाएका थियौं । सोचेजस्तै भयो,’ कप्तान सोमपालले भने ।

च्याम्पियन बनेको घरेलु टोली चौराहा धनगढीले २५ लाख रुपैयाँ पुरस्कार जित्यो । दोस्रो भएको काठमाडौं गोल्डेन्सले १० लाख रुपैयाँ प्राप्त ग¥यो । तेस्रो भएको महेन्द्रनगर युनाइटेडले ३ लाख तथा चौथो भएको सीवाईसी अत्तरियाले २ लाख रुपैयाँ प्राप्त गरे । १७ चैतबाट सुरु भएको राउन्ड रोविन लिगका आधारमा भएको प्रतियोगितामा विभिन्न ६ टिमले सहभागिता जनाएका थिए ।

यो खबर आजको राजधानीमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);