डिपिएल : चौराहा धनगढी फाईनलमा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

डिपिएल : चौराहा धनगढी फाईनलमा

chauraha dhangadi

धनगढी, २७ चैत । काठमाडौं गोल्डेन्सलाई एक विकेटको रोमाञ्चक जित हात पार्दै टिम चौराहा धनगढी प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । १२८ रनको सामान्य लक्ष्य पक्ष्याएको साविक विजेता चौराहाले एक बल बाँकि हुँदा नौ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

चौराहाका विदेशी खेलाडी रोहन मुस्तफाले सर्वाधिक ३३ रन बनाए भने सोनु तामाङले १४ रनको योगदान गरे । यस्तै शंकर रानाले २८ रन बनाउदा उसका ६ खेलाडीले दोहोरो अंक छुन सकेनन । अन्तिम ओभरमा जितका लागि १० रन आवश्यक भएकोमा चौराहाले शंकर राना र योगेन्द्रसिंह कार्कीलाई गुमाएको थियो । अन्तिम दुई बलमा जितका लागि चौराहालाई ६ रन आवश्यक थियो । जसमा सम्साद शेखले छक्का प्रहार गर्दै टिमलाई फाइनलमा पुर्याए ।

टस हारेर ब्याटिङ गरेको काठमाडौँ गोल्डेन्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय २७ रन बनाएको थियो । काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३८ रनको योगदान दिए । उनले २३ बलमा दुई छक्का र तीन चौका प्रहार गरे । प्रारम्भिक ब्याट्सम्यान अमित श्रेष्ठले ३८ बलमा एक छक्का र दुई चौकासहित ३६ रन बनाए भने पुष्प थापाले १६ तथा भूपेन्द्र थापाले १० रन जोडे । धनगढीका लागि सोमपाल कामी र ललितसिंह भण्डारीले २-२ विकेट लिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);