डेथ ओभरमा विवेकको तीन छक्काको बावजुद हार्यो नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

डेथ ओभरमा विवेकको तीन छक्काको बावजुद हार्यो नेपाल

काठमाडौं, १६ कार्तिक ||
हारको संघारमा पुगेको नेपाललाई अन्तिम ओभरमा विवेक यादवले आक्रामक ब्याटिङ गर्दै आशा जगाए पनि सफल हुन सकेनन् ।

जितका लागि २६ रन आवश्यक हुँदा अन्तिम ओभरमा विवेकले तीन छक्कासहित आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको एशिया क्वालिफायरमा बिहीवार ओमानबिरुद्ध सफलतानजिक पु¥याएका थिए । तर, नेपाल बिहीवार ओमानसँग पाँच रनले स्तब्ध भयो र समूह ‘ए’ को उपविजेतामा नै खुम्चियो । नेपालले अब फाइनल यात्राका लागि बलियो टोली संयुक्त अरब इमिरेट्सलाई पाएको छ । युएई समूहमा तीनै खेले जित्दै विजेता बनेको हो ।

सन् २०२१ मा युएईमा नै भएको ट्वान्टी–२० विश्वकप छनोटमा पनि नेपाल युएईसँग नै पराजित भएको थियो । यस पटक भने नेपालले सो बदला तिर्दै शुक्रबार मूलपानी क्रिकेट मैदानमा युएईलाई हराउने लक्ष्य राखेको छ । नेपालले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा १४६ रनको मध्यम लक्ष्य पाएको थियो । तर, जबाफमा निकै खराब ब्याटिङ गरेको नेपाल विवेकको आक्रामक ब्याटिङका बाबजुद निर्धारित २० ओभर नै खेल्दै १४० रनमा समेटियो ।

हातमा दुई विकेट हुँदा जितका लागि नेपाललाई अन्तिम ओभरमा २६ रन आवश्यक थियो । तर, विवेकले डेथ ओभरमा बिलाल खानको पहिलो बलमै छक्का प्रहार गर्दै जितको आशा दिलाए । त्यसपछि दबाबमा परेका बिलालले दोस्रो बल वाइड फ्याके । दोस्रो र तेस्रो बलमा भने विवेकले छक्का प्रहार गरे । त्यससँगै तीन बलमा सात रन आवश्यक हुँदा नेपाल जितको संघारमा पुग्यो । यद्यपि, चौथो बलमा छक्का प्रहार गर्ने प्रयासमा विवेक ३९ रनमा क्याच आउट हुन पुगे ।

यस क्रममा विवेकले २४ बलमा पाँच छक्का प्रहार गरे । विवेकको विकेटसँगै फेरि ओमान पकड जमायो । त्यसपछि आएका अविनाश बोहोराले एक रन लिँदै करणलाई स्ट्राइक दिए । त्यससँगै अन्तिम बलमा नेपाललाई जितका लागि छक्का आवश्यक थियो । करणले पनि छक्का हान्ने प्रयास गरे पनि बाउन्ड्री लाइन क्याच आउट हुन पुगे र ओमानले जित निकाल्यो । करणले ११ बलमा १५ रन बनाए ।

त्यसअघि मध्यम लक्ष्य पछ्याएको नेपालले निकै खराब ब्याटिङ ग¥यो । ओपनर कुशल भुर्तेलबाहेक अन्य ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन् । कुशलको २६ रन नै दोस्रो ठूलो व्यक्तिगत स्कोर रह्यो । तेस्रो ओभरमा ओपनर आसिफ शेखलाई ५ रनमा गुमाएको नेपाल समालिन नै सकेन । पावर प्लेमा समालिने प्रयास गरे पनि नेपालले तीन विकेट गुमाउन पुग्यो । मेहरान खानले ओपनर कुशललाई आउट गर्दै नेपाललाई ठूलो झड्का दिए ।

त्यससँगै ५.५ ओभरमा नेपाल ४३÷३ को अवस्थामा पुग्यो । त्यसपछि आएका ब्याटरले समालिएर खेल्न नसक्दा नेपालले लगातार पाँच विकेट गुमायो । यससँगै नेपाल १५.४ ओभरमा ८५÷८ को अवस्थामा पुग्यो । यस क्रममा कप्तान रोहित पौडेल १२ रन, कुशल मल्ल १० रन, गुल्सन झा ३ रन, सन्दीप जोरा १२ रन र सन्दीप लामिछाने २ रनमा नै पवेलियन फर्किए । तर, तल्लो क्रमका ब्याटर विवेकले ठूला सट खेल्दै जित दिलाउने प्रयास गरे पनि सफल हुन सकेनन् ।

ओमानको बलिङमा अकिब इलियस, मेहरान खान, बिलाल खान र सकिल अहमदले दुई विकेट लिए । जिसान मकसुदको नाममा एक विकेट रह्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभर नै खेल्दै ९ विकेटको क्षतिमा १४६ रनको लक्ष्य प्रश्तुत ग¥यो । ओमानका लागि कप्तान जिसान मक्सुदले सर्वाधिक ३२ रन बनाए । जिसानले एक चौका र तीन छक्का प्रहार गरे । ओपनर प्रतीक अथाभालेले २४ रन र आयान खानले १८ रन जोडे । ओमानको इनिङ एक समय कमजोर देखिएको थियो ।

तर, आठौं नम्बरमा आएका नसिम खुसीले २५ रन र नवौंमा आएका सकिल अहमदले २२ रन जोड्दै इनिङ उकासे । खराब सुरुआत गरेको ओमानले पहिलो ओभरमा नै ओपनर कश्यप प्रजापतीलाई ८ रनमा नै गुमाउन पुग्यो । करण केसीले उनलाई विकेटकिपर आसिफ शेखबाट क्याच गराउँदै नेपाललाई राम्रो सुरुआत दिलाए । त्यससँगै नेपाली बलर हाबी भए र पावर प्लेमा नै चार विकेट लिँदै ओमानलाई दबाबमा राखे ।

तर, त्यसपछि समालिएको ओमानले १४.३ ओभरमा नै सय रनको आँकडा भेट्टायो । नेपालको बलिङमा करण केसीले तीन विकेट तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई विकेट लिए । गुल्सन झा र अविनाश बोहोराको नाममा समान एक विकेट रह्यो । चार ओभर बलिङ गरेका करण ४३ रन खर्चदै महँगा सावित भए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);