ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

काठमाडौं, १६ कात्तिक । ओमानले नेपाललाई जितका लागि १ सय ४६ रनको लक्ष्य दिएको छ ।

आईसीसी टी ट्वान्टी विश्वकपको एसिया छनोटमा कीर्तिपुर मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनाएको हो । कप्तान जिशान मकसुदले ३२ रन बनाएको इनिङ्समा तल्लो क्रमका ब्याट्सम्यान नसिम खुशीले २५ रन बनाए । प्रतिक आठवलेले २४ र सकिल अहमदले नटआउट २२ रन बनाउन सफल भए ।

आयान खानले १८ रनको योगदान दिएपनि । अन्यको भने प्रर्दशन उल्लेख्य रहेन । नेपालका करन केसीले ३ तथा सन्दीप लामिछाने र सोमपाल कामीले समान २ तथा गुल्सन झा र अविनाश बोहराले समान १ विकेट लिएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);