ओमानले नेपाललाई दियो १९८ रनको लक्ष्य, नेपालको खराब सुरुवात | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

ओमानले नेपाललाई दियो १९८ रनको लक्ष्य, नेपालको खराब सुरुवात

nepal vs oman 1

काठमाडौं, २२ माघ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानले नेपाललाई १ सय ९८ रनको लक्ष्य दिएको छ ।

किर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९७ रन बनायो । ओमानका लागि मोहमद नदीमले अविजित रहदै ६९ अर्धशतकीय इनिङ्स खेले । उनले ९६ बलमा ५ चौका र २ छक्का प्रहार गरे । सन्दीप गौदले ३३ रन जोड्दा कप्तान जसन मसुदले २० रन बनाए ।

नेपालका करण केसीले ४ विकेट लिए । डेब्यु खेलाडी सुशन भारीले ३ विकेट हात पारे । यस्तै दिपेन्द्र सिंह ऐरीले १ विकेट हात पारे ।

जवाफी ब्याटिङ गरिरहेको नेपालले खराब सुरुवात गरेको छ । नेपालको ओपनरद्वय कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्का १ रन र ३ रनमा आउट भएका छन् । त्यस्तै दिपेन्द्र सिंह एरी ३६ रनमा आउट भएका छन् ।

जारी २२ ओभरको खेलमा नेपालले ३ विकेट गुमाउदै ७१ रन बनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);