नेपाल छनाेट चरणबाट बाहिरियो, हङकङसँग ३ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नेपाल छनाेट चरणबाट बाहिरियो, हङकङसँग ३ विकेटले पराजित

nepal-out-of-asiacup-qualifier

काठमाडौं, १९ भदौ । एशिया कप छनोट क्रिकेट अन्तर्गत मंगलवार भएको खेलमा नेपाल हङकङसँग ३ विकेटले पराजित भएको छ । हङकङलाई मात्र ९६ रनको लक्ष्य दिएको नेपालले टस जितेर पहिले ब्याटिङ गरेको थियो ।

नेपाल ३७ ओभर ५ बलमा ९५ रनमा अलआउट भयो । ९५ रनको झिनो लक्ष्य हङकङले ३३ औं ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । निकै फितलो ब्याटिङ गरेको नेपालले मात्र एक रन हुदा पहिलो विकेट गुमायो ।

ओपनर सुवास खकुरले खाता खोल्न नपाउदै आउट भए । त्यसपछि नेपालले २३ रनमा अर्को विकेट गुमायो । कप्तान पारस खड्का मात्र १४ रनमा पेभेलियन फर्किए । नेपालको स्कोर ४४ रनक हुदा अनिल शाह १५ रनमा आउट भएपछि तेस्रो विकेट गुमायो । नेपालको विकेट झर्ने क्रम यतिमा रोकिएन । ४८ रन बनाउदा ज्ञानेन्द्र मल्ल १२ रनमा पेभेलियन फर्किए जसका कारण नेपालले चौथो विकेट गुमायो ।तर लगत्तै दिपेन्द्र ऐरी मात्र २ रनमा आउट भएपछि नेपालको पारी धरापमा पर्यो ।

nepal vs hongkong]

नेपालले ५५ रनमै छैटौ विकेट खेर फाल्यो । सागर पुन ७ रनमा आउट भए । नेपालको स्कोरबोर्डमा अरु तीन रन थपिदा सातौ विकेट गयो । सोमपाल कामीले खाता खोल्न सकेनन । आठौ विकेटका लागि आरिफ शेख र बसन्त रेग्मी विच ३४ रनको साझेदारीले नेपाललाई केहि राहत भएको थियो । तर नेपालको स्कोर ९२ रन हुँदा आरिफ १८ रनमा आउट हुन पुगे । नेपालका लागि बसन्त रेग्मीले अविजीत १५ रन थपे ।

बलिङ्गतर्फ सन्दिप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे । उनले १० ओभरमा २७ रन खर्चिदै ५ विकेट लिन सफल भए । बसन्त रेग्मी र सागर पुनले समान १-१ विकेट लिए ।

sandeep lamichane

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);