नेपाल ओमानसँग १८ रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपाल ओमानसँग १८ रनले पराजित

nepal parajit

काठमाडौं, २२ माघ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बुधबार भएको ऐतिहासिक खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको हो ।

यससँगै विश्वकप छनोट अन्तर्गत रहेको लिग–२ मा नेपालले हारबाट सुरुवात गरेको छ । ओमानले दिएको १ सय ९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ७९ रनमा समेटियो । ने

पालका शरद भेषवाकरले ५५ रनको अर्धशतकीय इनिङ्स खेलेपनि नेपालले जित निकाल्न सकेन । यस्तै दिपेन्द्र सिंह ऐरीले ३६ रन जोड्दा सन्दीप लामिछानेले २८ रन बनाए । यस्तै विनोद भण्डारीले २६ रन बनाए । ओमानका जिशन मक्सुदले ३ तथा कलिमउल्लाले २ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो । ओमानका लागि मोहमद नदीमले अविजित ६९ , सन्दीप गौदले ३३ र कप्तान जसन मसुदले २० रन बनाए ।

नेपालका करण केसीले ४ र सुशन भारीले ३ विकेट हात पारे । बिहिबार ओमान र अमेरिकाबीच खेल हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);