विश्वकप क्रिकेट लिग-२ : ओमानविरुद्ध नेपाल ब्याटिङमा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

विश्वकप क्रिकेट लिग-२ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

nepal vs oman latest

काठमाडौं, २६ माघ । विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानसँगको दोस्रो खेलमा नेपाल ब्याटिङ गर्दै छ । त्रिवि क्रिकेट मैदानमा ओमानले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले सुरुवातमा ब्याटिङ गर्ने भएको हो ।

ओमानसँगको खेलबाट नेपालका कमल सिंह ऐरीले राष्ट्रिय क्रिकेट टिममा डेब्यु गरेका छन् । अविनास बोहराको स्थानमा कमलले टिममा मौका पाएका हुन् ।

सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो । त्यसैगरि शनिबार भएको खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो ।

जारी १२ ओभरसम्मको खेलमा नेपाललेविना कुनै विकेट गुमाएर ३१ रन बनाएको छ । सुवास खकुरेल र ज्ञानेन्द्र मल्ल १८ र १४ रनमा खेलिरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);