शनिबार स्थगित मनाङ र एनआरटीबीचको खेल आज | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

शनिबार स्थगित मनाङ र एनआरटीबीचको खेल आज

manang a division

काठमाडौं, २६ माघ । शनिबार स्थगित भएको मनाङ मस्याङ्दी र न्युरोड टिम एनआरटीबीचको खेल आज हुने भएको छ । एपीएफको हल्चोक मैदान खराब भएको भन्दै अन्तिम समयमा आएर रोकिएको खेल आज दिउँसो १ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने भएको हो ।

एन्फाले प्राविधिक कारणले सरेको खेल आईतबार दिउँसो १ बजे एन्फा कम्प्लेक्समै गर्ने निर्णय गर्दै लिगको नयाँ खेल तालिका सार्वजनीक गरेको थियो । अन्तिम खेलमा च्यासलसँग पराजित भएको मनाङले आफुलाई उपाधि होडबाट बाहिर राखिसकेको छ । च्यासलसँगको एक मात्रै हारले मनाङ उपाधि होडबाट बाहिर भएको हो ।

उपाधि होडबाट बाहिरिसकेको मनाङ एनआरटीलाई पराजित गर्दै दोस्रो स्थानको लागि खेल्नेछ । लिगको छैठौ जितले मनाङ पुनः तेस्रो स्थानमा उक्लने छ ।

यता, एनआरटी पनि मनाङलाई पराजित गर्दै शीर्ष ६ मा आफुलाई बलियो बनाउन चाहन्छ । लिगको छैठौ जितले एनआरटीको शीर्ष ६ मा अट्ने सम्भावना बलियो बन्नेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);