एसीसी प्रिमियर कपः नेपालको लगातार दोस्रो जित, एकै खेलमा चार किर्तिमान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

एसीसी प्रिमियर कपः नेपालको लगातार दोस्रो जित, एकै खेलमा चार किर्तिमान

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित निकालेको छ । आज ओमानलाई ८४ रनले पराजित गर्दै नेपालले दोस्रो जित हात पार्न सफल भएको हो ।

घरेलु मैदान, दर्शकको साथ अनि एक पछि अर्को सफलताको उत्साह । ओमानविरुद्ध उच्च मनोबलका साथ मैदानमा उत्रिएको नेपाली क्रिकेट टोलीले एकै खेलमा तिन किर्तिमान राख्न सफल भयो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १० रन बनायो । यो नेपालले ओडिआईमा बनाएको हालसम्मकै उच्च योगफल हो । यसका लागि अलराउन्डर कुशल मल्लले कीर्तिमानी शतक पूरा गरे । ५९ बलमै सतक पुरा गरेका कुशलले नेपालबाट ओडिआईमा सर्वाधिक छिटो शतक हान्ने खेलाडीको किर्तिमान बनाएका छन् ।

कुशलले कप्तान रोहित पौडेलको कीर्तिमान तोडेका हुन् । मल्लले ६४ बलमा ९ चौका र १० छक्कासहित १ सय ८ रनको विष्फोटक इनिङ खेले । यो सँगै कुशलले नेपालबाट अन्तर्राष्ट्रिय एकै खेलमा सर्वाधिक छक्का हान्ने खेलाडीको समेत किर्तिमान बनाएका छन् । सोमपाल कामीले नटआउट ६३ रनको योगदान दिदा करण केसी २९ रनमा नटआउट रहे । सुरुवातमा खराब प्रदर्शन गरेको नेपालको ब्याटिङलाई कप्तान राहित कुमार पौडेल र भीम सार्कीले सम्हाल्लेका थिए । रोहित २३ रन तथा भीम सार्की ३३ रनमा आउट भए । ओमानका आयन खानले २ विकेट तथा बिलाल खान, कलिमुल्लाह,जिशान मकसुद, फैयज बट, अकिब इलियास र जतिन्दर सिंहले समान एक एक विकेट लिए ।

नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा ओमानले ४६.३ ओभरमा २२६ रन मात्र जोड्न सक्यो । ओमानका लागि महोमद नादेमले सर्वाधिक ६५ रन बनाउँदा सन्दीप गाउड ४६ रन पबिलियन फर्किए । साथै, आयान खानले २९ रन जोडेका थिए । नेपालका लागि स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । सन्दीपका लागि आजको खेल विषेश रह्यो । उनी ओडिआई इतिहासमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने खेलाडी बन्न सफल भएका छन् । अफगानिस्तानका राशिद खानको किर्तिमान तोड्दै सन्दीपले इतिहास रचेका हुन् । नेपालका लागि करण केसीले ३ तथा दिपेन्द्र सिंह ऐरीले महत्वपूर्ण दुई विकेट लिए । साथै, ललित राजवंशीले एक विकेट लिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);