ओमानले अमेरिकालाई दियो २७७ रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ओमानले अमेरिकालाई दियो २७७ रनको लक्ष्य

oman vs america

काठमाडौं, २८ माघ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा अहिले ओमानले अमेरिकालाई जितका लागि २ सय ७७ रनको लक्ष्य यिदएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा मंगलबार टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७६ रन बनाएको छ ।

ओमानका लागि कप्तान जिशन मक्सुद र अकिब इल्यासले शतकीय इनिङ्स खेले । मक्सुदले १ सय ९ र अकिबले १ सय ५४ रन बनाए । मम्सुदको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शतक हो ।

यस्तै अकिबले १ सय २३ बलमा १ सय ५ रनको शतकीय इनिङ्स खेले । उनले ११ चौका र १ छक्का प्रहार गरे । उनले लगातार दोस्रो खेलमा शतक बनाएका हुन् । उनले यस अघि नेपालसँगको खेलमा पनि शतक बनाएका थिए ।

सिरिज अन्तर्गत ओमानले पहिलो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । अहिले अमेरिका जवाफी व्याटिङ गरिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);