ब्रिगेडलाई हराउँदै आर्मी 'ए डिभिजन'को शीर्ष स्थानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

ब्रिगेडलाई हराउँदै आर्मी ‘ए डिभिजन’को शीर्ष स्थानमा

army a division

काठमाडौं, २८ माघ । विभागीय टिम त्रिभुवन आर्मी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा ब्रिगेड ब्वाईज क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै आर्मी शीर्ष स्थानमा उक्लिएको हो । आर्मीको जितमा कप्तान भरत खवास, विकास तामाङ र टेक बहादुर बुढाथोकीले एक एक गोल गरे ।

आजै हुने दोस्रो खेलमा लिगको चौथो स्थानमा रहेको थ्रीस्टारले न्यूरोड टिम एनआरटीसँग खेल्नेछ । उपाधिको होडबाट बाहिरीसकेको थ्रीस्टार आज न्यूरोड टिम विरुद्ध जित निकाल्दै शिर्ष ६ को यात्रा पक्का गर्नेछ । उसले ११ खेलमा ६ मा जित निकाल्दै २० अंक बोकेको छ । यता शिर्ष ६ मा रहनले प्रयासमा रहेको न्यूरोड टिम आज थ्रीस्टार विरुद्ध सरप्राइज नतिजा निकाल्ने लक्ष्यमा छ । उसको ११ खेलमा पाँच जितमा १५ अंक छ ।

लिग अन्तर्गत नै आजको तेस्रो खेलमा नेपाल पुलिस क्लवले मनाङ मस्र्याङदीसँग खेल्नेछ । लिगको तेस्रो स्थानमा रहेको मनाङले विभागिए टिम पुलिस विरुद्ध तीन अंक बटुल्दै आफुलाई शिर्ष तीनमा राख्ने लक्ष्यमा हुनेछ ।

यस्तै लिगको छैटौं स्थानमा रहेको पुलिस भने मनाङ विरुद्ध तीन अंक खोस्ने लक्ष्यमा छ । आजको खेलमा मनाङविरुद्ध जित निकालेमा पुलिसको शिर्ष ६ रहने संभावना बलियो हुनेछ । उसका ११ खेलमा १७ अंक छ । मनाङको ११ खेलमा २२ अंक छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);