नेपाल त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखलाको फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

नेपाल त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखलाको फाइनलमा

काठमाडौं । नेपाल घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखलाको फाइनलमा प्रवेश गरेको छ । बुधबार नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरीमा रहेपछि नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो ।

बुधबार वर्षाले पटक पटक प्रभावित भएको नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरी भएसँगै नेपाल एक खेल अगाबै फाइनल पुगेको हो । नेपालसँगै नेदरल्यान्ड्स पनि फाइनल पुगेको छ । मलेसिया भने बाहिरिएको छ । ने

दरल्यान्ड्सले डीएल पद्दतिको आधारमा मलेसियालाई जितका लागि १३ ओभरमा १ सय २० रनको लक्ष्य दिएको थियो । तर, मलेसियाले जवाफी ब्याटिङ गरिरहदा वर्षाले पुनः खेल रोकिएपछि मलेसियाले डीएल प्रणालीको आधारमा १० ओभरमा ९२ रनको नयाँ लक्ष्य पाएको थियो ।

९२ रनको लक्ष्य पच्छ्याउनेक्रममा मलेसियाले १० ओभरमा ४ विकेट गुमाएर ९१ रन बनाएपछि खेल ’बराबरीमा रहेको हो ।

बराबरीसँगै नेदरल्यान्ड्सले ४ खेलमा ५ अंक जोडेको छ । नेदरल्यान्ड्स शीर्ष स्थानमा समेत उक्लिएको छ । ३ खेलमा ४ अंक जोडेको नेपाल दोस्रो स्थानमा रहेको छ । ३ खेलमा १ अंक जोडेको मलेसिया पुछारमा रहेको छ ।

अब लिगको अन्तिम खेलमा बिहीबार नेपाल र मलेसिया भिड्ने छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);