सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप महिला टी–२० क्रिकेटको फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप महिला टी–२० क्रिकेटको फाइनलमा

ललितपुर, २५ चैत । सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप महिला टी–२० क्रिकेटको फाइनलमा पुगेको छ। बुधबार भएको आफ्नो लिग चरणको आफ्नो अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनल पुगेको हो ।

किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा लुम्बिनीले दिएको ७३ रनको लक्ष्य सुदूरपश्चिमले १२ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गरेको हो । लुम्बिनीलाई हराएसँगै सुदूरपश्चिमले ४ खेलमा ६ अंक जोडेर शिर्ष दुईमा स्थान पक्का गर्दै सुदूरपश्चिमले सशस्त्र प्रहरीको एपिएफ क्लबसंगै फाइनल यात्रा तय गरेको हो ।

सुदूरपश्चिमको जितमा मन्जु बोकटीले २६ र बिन्दु रावलले १७ रन बनाइन् । लुम्बिनीका कृतिका मरासिनीले २ विकेट लिईन् । टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर ७२ रन बनाएको थियो। लुम्बिनीका लागि लक्ष्मी चौधरीले २६ र कप्तान नेरी थापाले ११ रन जोडिन् ।

लुम्बिनीलाई सस्तैमा समेट्न लक्ष्मी साउदले ४ विकेट लिईन् । फाइनलमा सुदूरपश्चिमले एपीएफ क्लबसँग खेल्नेछ । एपीएफ एक खेल अगाबै फाइनल पुगिसकेको छ । एपीएफको ३ खेलमा ६ अंक जोडेको छ । एपीएफले अन्तिम लिग खेलमा लुम्बिनीसँग खेल्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);