लुम्बिनी प्रदेशलाई पराजित गर्दै प्रदेश १ फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लुम्बिनी प्रदेशलाई पराजित गर्दै प्रदेश १ फाइनलमा

दाङ, १८ पुष । दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश १ फाइनल प्रवेश गरेको छ ।

शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गर्दै प्रदेश १ प्रतियोगिताको फाइनल पुगेको हो ।

खेलमा लुम्बिनीले प्रस्तुत गरेको ५३ रनको विजयी लक्ष्यलाई प्रदेश १ ले ८.५ ओभरमा विना विकेट गुमाएर पूरा गर्यो ।

जस अन्तर्गत टिमका लागि काजल श्रेष्ठले २२ तथा कप्तान रुविना क्षेत्रीले २६ रनको योगदान गरिन् ।

त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी १४.१ ओभरमा अलआउट हुँदै ५२ रनमा सिमित हुन् पुगेको थियो ।

लुम्बिनीका लागि नितु भण्डारीले सर्वाधिक २१ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहोरो अंक समेत जोड्न सकेनन् । ३० बलको सामना गरेकी नितुले उक्त रन बनाउने क्रममा १ चौका समेत प्रहार गरेकी थिइन् ।

बलिङतर्फ प्रदेश १ की संगिता राई र निग्मा तामाङले २-२ विकेट हात पार्दा कप्तान रुविना क्षेत्रीले पनि १ विकेट लिन सफल भएकी थिइन् ।

अब उपाधिका लागि आईतबार प्रदेश १ ले विभागीय टोली एपीएफको सामना गर्नेछ ।

प्रतियोगिताको विजेताले नगद ५ लाख प्राप्त गर्नेछ । भने उप-विजेता टोलीले ३ लाख त्यसैगरी सेमिफाइनलबाट बाहिरिएका दुई टोली सुदूरपश्चिम र लुम्बिनीले समान २५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ सर्वोउत्कृष्ट खेलाडीले २१ हजार , उत्कृष्ट ब्याटरले १० हजार , उत्कृष्ट बलरले ५ हजार प्राप्त गर्नेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);