Our Network

वैशाख २९ २०७८, बुधवार

मलेसिया र नेदरल्याण्ड् बीचको खेल वर्षाको कारण रोकियो

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत मलेसिया र नेदरल्यान्ड्स बीचको खेल वर्षाको कारण रोकिएको छ । बुधबार कीर्तिपुर मैदानमा भैरहेको खेल वर्षाका कारण खेल बीचमै रोक्न परेको थियो

आजको खेलमा मलेसियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो । आजको खेलमा मलेसिया विजयी भएमा फाइनल पुग्ने टोलीको टुंगो लिग चरण अन्तिम खेल अर्थात् नेपाल र मलेसियाको खेलले निर्धारण गर्नेछ । तर नेदरल्यान्ड्स विजयी भएको खण्डमा भने नेपाल र नेदरल्यान्ड्स फाइनल पुग्ने पक्का हुन्छ ।

कोरोना महामारीका कारण अन्य विश्वस्तरका प्रतियोगिता स्थगित भएका बेला नेपाल क्रिकेट संघ क्यानले त्रिकोणात्मक सिरिज आयोजना गरेको हो । डबल राउण्ड रोविन लिग अनुसार जारी यो प्रतियोगितामा मलेसियाले लगातार दुई खेलमा पराजय भोगको छ ।

यसअघि मंगलबार नेपालले २ सय ६ रन बनाएर पनि नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।

Leave a Reply