क्यानाडामाथिको नेपाल सनसनीपूर्ण जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

क्यानाडामाथिको नेपाल सनसनीपूर्ण जित

काठमाडौं, ३ फागुन । आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताको खेलमा नेपालले क्यानाडालाई रोमाञ्चक ढंगले पराजित गरेको छ । जितसँगै नेपाल विश्व क्रिकेट लिगको डिभिजन एकमा उक्लिएको छ ।

सनसनीपूर्ण खेलमा क्यानाडामाथि एक विकेटको जित हात पार्दै नेपाल विश्व क्रिकेट लिगको डिभिजन एकमा उक्लिएको हो । नेपालको जितमा करण केसी नायक बने । ४२ दशमलव १ ओभरमा नौ विकेट गुमाइसकेको अवस्थामा खेल नेपालको हातबाट फुत्किसकेको देखिएको थियो । त्यतिबेला नेपाललाई जितका लागि ५१ रन आवश्यक थियो । तर करण केसीले ३१ बलमा ४ छक्का र ३ चौका प्रहार गर्दै ४२ रन जोडेपछि खेल नेपालले जितेको हो । करणलाई अन्तिम ओभरसम्म साथ दिएका बलर सन्दीप लामिछानेले ५ रन बनाए ।

अन्तिम ओभरको ६ बलमा नेपाललाई जितका लागि ८ रन आवश्यक थियो । क्यानडाका बलर सेसिल परवेजले लगातार चार बल डट फाले । नेपाल हारतर्फ उन्मुख भएको अवस्थामा परवेजको पाँचौं बलमा करणले छक्का प्रहार गरे । जितका लागि अन्तिम बलमा २ रन आवश्यक रहेको अवस्थामा परवेजले वाइड फालेपछि खेल बराबरीको स्थितिमा आयो । अन्तिममा बलमा करणले एक रन जोडेर नेपाललाई सनसनीपूर्ण जित दिलाए ।

ओपनर ज्ञानेन्द्र मल्ल, कप्तान पारस खड्का र शरद भेषावकरले निकै कमजोर प्रदर्शन गरेपछि पारी सम्हाल्ने जिम्मेवारी युवा खेलाडीको काँधमा आएको थियो । ओपनर दिलिप नाथले ४१, आरिफ शेखले २६ र रोहित पौडेलले २७ रनको योगदान गरे । जितसँगै नेपाल ८ अंक सहित डिभिजन एकमा बढुवा भएको छ ।

साथै नेपाल सन् २०१९ मा हुने एकदिवसीय विश्वकपको छनोट खेलका लागि पनि छानिएको छ । छनोट खेल अर्को महिना जिम्बाब्वेमा हुनेछ । नेपाल अब दुई वर्षसम्म आयोजना हुने विश्व क्रिकेट लिग च्याम्पियनसिप र ४ दिवसिय अन्तर महादेशीय कप खेल्नका लागि पनि योग्य भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);