डीपीएल : काठमाडौं र विराटनगरको खेल सुरु, टस जितेर विराटनगर ब्याटिङ गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

डीपीएल : काठमाडौं र विराटनगरको खेल सुरु, टस जितेर विराटनगर ब्याटिङ गर्दै

babar hayat

धनगढी,  २३ चैत । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटअन्र्तगत शीर्ष स्थानको काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सबीचको खेल सुरु भएको छ । विराटनगर किंग्स टस जितेर ब्याटिङ गर्दै छ ।

काठमाडौं र विराटनगरबीचको खेललाई राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लबीचको प्रतिस्पर्धाका रुपमा समेत लिइएको छ । खड्का विराटनगर र मल्ल काठमाडौंका कप्तान हुन् ।

आजको खेलमा विजयी भए काठमाडौंले प्लेअफमा स्थान पक्का गर्नेछ । तीन खेलमा शतप्रतिशत नतिजा निकाल्दै काठमाडौं ६ अंकमा शीर्ष स्थानमा छ भने बिराटनगर चार अंकसहित तेस्रो स्थानमा छ । समान चार अंक भएपनि रन रेटका आधारमा महेन्द्रनगर युनाईटेड दोस्रो र टिम चौराहा धनगढी चौंथो स्थानमा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);